Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मकवानपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

मकवानपुर । मकवानपुरमा आज बिहान सवारी दुर्घटनामा परि एक वृद्धाको मृत्यु भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँबस्तीमा गौरबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ५ ख १७४० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

बसले ठक्कर दिँदा स्थानीय मनहरी-७ सुनाचुरीकी ७१ वर्षीया मनमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएकी थिङलाई हेटौंडा अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने बस चालकलाई इलाका प्रहरी कार्यालय खैरहनी चितवनले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077