Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छिपहरमाई गाउँपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको छिपहरमाई गाउँपालिकामा छापा मारेको छ ।

अख्तियारको टोलीले मंगलबार गाउँपालिका कार्यालयमा छापा मारेर उजुरी परेका योजना सम्बन्धि फाइल र कागजातहरु नियन्त्रणमा लिएको हो।

गाउँपालिकाको काम कारवाही र विकास निर्माणमा गरिएको भ्रष्टाचारविरुद्ध परेका उजुरी सम्बन्धि कागजात पटकपटक माग गर्दा गाउँपालिका कार्यालयले उपलब्ध नगराएपछि अख्तियार टोलीले कार्यालयमै पुगेर कागजात नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाका अनुसार गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ता र प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाविरुद्ध कम्तिमा पनि १५ वटा उजुरी परेको छ।

फाइलहरु छिपहरमाईविरुद्ध परेका उजुरीका विषयमा छानबिन गरिरहेका अनुसन्धान अधिकृतलाई बुझाइएको र अनुसन्धानका क्रममा भ्रष्टाचार ठहर भए अख्तियारले आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077