काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज पनि बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले बिहान साढे ८ बजे बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका सम्बन्धमा आवश्यक निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को नियमित बैठक बसेको थियो ।