Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुजरातलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

काठमाडौं । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ।

गएराति भएको पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै चेन्नई उपाधि नजिक पुगेको हो ।

चेन्नईमा जितका लागि १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा १ सय ५७ रनमा अलआउट भयो ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

चेन्नई चार पटकको च्याम्पियन टोली हो । आईपीएलको फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077