Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटनमन्त्री किरातीले गरे कृत्रिम खुट्टाको भरमा सगरमाथा चढेका हरिको स्वागत

काठमाडौं । दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगरलाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गरेका छन्।

सगरमाथा चुचुरो टेकेर आएका पूर्वगोर्खा सैनिक बुढामगरलाई त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री सुकिरातीले स्वागत गरेका हुन् ।

ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका मगरको सम्मानमा विमानस्थलमा सयौं भेला भएका थिए ।

उनको स्वागतका लागि बाजागाजा र झाँकीसहित विभिन्न व्यक्तिहरू पनि पुगेका थिए। वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका थिए।

मन्त्री किरातीले दुवै खुट्टा नभएर पनि अदम्य साहस, अथक मिहेनतले विश्व शिखरमा सफल आरोहण गर्न सफल भएको भन्दै बुढामगरलाई उच्च सम्मान गर्ने बताए ।

हरिले यो आरोहणसँगै सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडामाथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् । कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले बुढामगर सगरमाथा चुचुरोमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077