Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इमरजेन्सी ई–पासपोर्ट जिल्लाबाटै लिने व्यवस्था गर्न संसदमा माग

काठमाडौं । प्रतिनिधिसभा देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरिएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद मानबहादुर गुरुङले यस्तो व्यवस्था गर्न माग गरेका हुन् ।

राहदानी लिन जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै उनले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।

साथै सांसद गुरुङले सातै प्रदेश सदरमुकामबाट ई–पासपोर्ट मेसिन पनि राख्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077