Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुँदै

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज पनि प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने छ ।

नीति तथा कार्यक्रममाथि जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो ।

नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले धारणा राखिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077