Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन भन्छन् – देश युवा बेच्दै छ, ओली, प्रचण्ड र देउवा संसारकै विद्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशले युवा बेचिरहेको बताएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत बालेनले यस्तो बताएका हुन् ।

उनले युवाहरू विदेशिरहेकोप्रति लक्षित गरेर देशले युवा बेचिरहेको बताए ।

उनले शीर्ष राजनीतिक दलका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नै उल्लेख गरेर उनीहरूले संसारकै विद्वान् भएको देशको इतिहास लेखिरहेको बताएका छन् ।

'देश युवा बेच्दै छ, युवा, देश बलेको आगो सेक्दै छ, हामी ताप्दैछौँ, ओली, प्रचण्ड, देउवा, संसारकै विद्वान भएको देशको इतिहास लेख्दै छन् । र, हामी चेत्दैनौँ,' उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077