Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभामा सांसदहरूको ई–हाजिरी गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभामा सांसदहरूको उपस्थितिको रेकर्ड प्रभावकारी बनाउनका लागि विद्युतीय प्रणालीबाट हाजिर गरिने भएको छ ।

सोमबार प्रतिनिधिसभाका सभामुख र उपसभामुखले विद्युतीय हाजिरीका लागि वायोमेट्रिक प्रणालीबाट नाम दर्ता गराएका छन् ।

संसद सचिवालयका अनुसार सबै सांसदहरुको वायोमेट्रिक विवरण संकलन गरेपछि विद्युतीय प्रणालीबाट हाजिर हुनेछ ।

सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थितरअनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो ।

सांसदले यसअघि हाजिरी पुस्तिकामा हाजिर गर्दै आएका थिए । बैठकमा सांसदहरूको न्यून उपस्थिति संख्याको अन्त्य गर्नका लागि दुई पटक हाजिरी गर्ने व्यवस्था मिलाउन समेत सभामुखलाई सांसदहरूले ध्यानाकर्षण गराउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077