Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रातो मच्छिन्द्रनाथको रथ आज लगनखेलबाट जावलाखेल तानिँदै

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदैछ । आज दिउँसो ४ बजेतिर रथ तान्ने तयारी भएको हो ।

आज रथ तान्नका लागि हिजो आइतवार बेलुकी रथको टुप्पोबाट नरिवल खसालिएको थियो ।

रथ तान्नुअघि रथको टुप्पोबाट दुई पल्ट नरिवल खसाल्ने परम्परा छ । रथलाई आजै जावलाखेल ल्याउन सके आउँदो बिहीवार भोटो जात्रा हुनेछ ।

लगनखेलमा रहेको रथलाई जवलाखेलमा पुर्‍याइएको चार दिनमा भोटो देखाउने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077