Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बझाङ हिमपहिरो अपडेट : एकको शव भेटियो, खोजी कार्य जारी

काठमाडौं । बझाङको पाटनमा हिमपहिरो जाँदा यार्सा संकलनका लागि गएकामध्ये एक जनाको सब फेला परेको छ ।

हिम पहिरोमा परि बेपत्ता भएकाहरूमध्ये एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीका अनुसार अन्य २ जना घाइते भएको र २ जना अझै सम्पर्कविहीन रहेका छन् ।

आइतबार बिहान सुर्मा गाउँपालिका-२ को धानशेरा भन्ने ठाउँमा यार्चागुम्बा सङ्कलनका लागि गएका ५ जना हिम पहिरोमा परि बेपत्ता भएका थिए ।

बेपत्ता भएकाहरुको खोजी भइरहेको र उनीहरुबारे विस्तृत विवरण अझै आउन नसकेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077