Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद घिमिरेको प्रस्ताव- सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचारको व्यवस्था गरौँ

काठमाडौं। नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचारको व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रमको छलफलमा सहभागि हुँदै सांसद घिमिरेले यस्तो धारणा राखेका हुन् ।

घिमिरेले भने, 'सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचारको व्यवस्था गर्न सकिँदैन । अब सरकारले निःशुल्क उपचार कम्तिमा पनि सरकारी स्वास्थ्य संस्थामा गर्ने मिलाउने कुरा ल्याउनुपर्छ ।’

उनले नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थमा निजी क्षेत्रको सहभागिताको विषय नआएको भन्दै पेट्रोलियम पदार्थमा निजी क्षेत्रलाई समावेश गराउनुपर्ने बताए ।

नेपाल आयल निगमलाई प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको प्रवेश आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077