Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसको दाबी - युक्रेनको बाख्मत शहर पुरै नियन्त्रणमा आयो

एजेन्सी । रुसले युक्रेनको बाख्मत शहर पुरै नियन्त्रणमा आएको दावी गरेको छ ।

युक्रेनमा रुसको तर्फबाट लड्दै आएको निजी सैनिक समूह वागनरका प्रमुख येभ्गेनी प्रिगोजिनले शनिबार मध्यान्ह आफ्ना लडाकुहरुले बाख्मतलाई पूर्ण नियन्त्रणमा लिएको दावी गरेका हुन् ।

बाख्मतलाई पुरै नियन्त्रणमा लिन २ सय २४ दिन लागेको भन्दै उनले भिडियो सन्देश मार्फत बाख्मतका घर घर नियन्त्रणमा आएको समेत दावी गरेका छन् ।

उता, युक्रेनले भने वागनर समूहको दावीलाई अस्वीकार गर्दै बाख्मतमा अवस्था ज्यादै संवेदनशील रहेको र आफ्नो सेना बाख्मतको भूमिमा अहिले पनि बाँकी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077