Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोलकातामाथि रोमाञ्चक जित निकाल्दै लखनउ आईपीएलको प्लेअफमा

काठमाडौं । लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।

गएराति इडेन गार्डेनमा भएको रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै लखनउ प्लेअफमा पुगेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । त्यसअघि लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

जितपछि लखनउ १४ खेलबाट १७ अंक जोड्दै तेस्रो स्थानमा छ । गत सिजन आईपीएलमा डेब्यु गरेको लखनउ लगातार दोस्रो सिजन प्लेअफ पुगेको हो ।

यसअघि नै साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन् । शीर्ष दुईमा स्थान पक्का गरेका गुजरात र चेन्नाइले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077