Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटनमन्त्री किराती र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौं । पर्यटनमन्त्री सुदन किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

मन्त्री किराती राजदूत पोलिटबीच शुक्रबार बिहान सिंहदरबार शिष्टाचार भेट भएको हो ।

भेटमा उनीहरुबीच भू.पू. गोर्खा सैनिकको समस्या यथाशिघ्र समाधान गर्ने विषयमा कुराकानी भएको छ ।

साथै भेटमा युरोपेली युनियनद्वारा नेपालको आकाशलाई कालो सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077