Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुलबाट हामफाली आत्महत्या प्रयास, सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

रामेछाप । रामेछापको मन्थलीमा पुलबाट नदीमा हामफालेका एक जनालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।

मन्थली नगरपालिका १ आकाशेस्थित तामाकोशी नदीको पक्की पुलबाट हामफालेका वडा नम्बर ७ बडारेका २५ वर्षीय हर्कमान माझीलाई उद्धार गरिएको हो ।

माझीले नदीमा पुलबाट हाम फालेको देख्ना साथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदारराज खड्काको कमाण्डको टोलीले नदीबाट बाहिर निकाली जीवितै उद्धार गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार उपचारको लागि उनलाई मन्थली अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077