Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले ९ गते जवाफ दिने

काठमाडौं । सरकारले आज प्रतिनिधिसभा बैठकमा पेस गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा तीनदिन छलफल हुने भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त नीति तथा कार्यक्रममाथि तीनदिन छलफल गर्ने निर्णय गरेको हो ।

बैठकले नीति तथा कार्यक्रम माथि जेठ ७, ८ र ९ गते छलफल गर्ने र ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिने कार्यसूची तय भएको जनाइएको छ।

त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक प्रतिवेदन पनि पेस गर्ने कार्यासूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077