Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले ९ गते जवाफ दिने

    राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले ९ गते जवाफ दिने

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 711
    SHARES

    काठमाडौं । सरकारले आज प्रतिनिधिसभा बैठकमा पेस गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा तीनदिन छलफल हुने भएको छ ।

    बिहीबार बसेको राष्ट्रिय सभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त नीति तथा कार्यक्रममाथि तीनदिन छलफल गर्ने निर्णय गरेको हो ।



    बैठकले नीति तथा कार्यक्रम माथि जेठ ७, ८ र ९ गते छलफल गर्ने र ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची तय भएको जनाइएको छ।



    त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक प्रतिवेदन पनि पेस गर्ने कार्यासूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार