Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज काठमाडौँमा विरोध प्रदर्शन गर्दै एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आज विरोध प्रदर्शन गर्ने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै एकीकृत समाजवादीले प्रदर्शन गर्न लागेको हो ।

विरोध प्रदर्शन दिउँसो ३ बजे माइतिघर मण्डलामा हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077