Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • सडक ग्राभेलको योजनामा १० लाख भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा

    सडक ग्राभेलको योजनामा १० लाख भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 681
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    सडक ग्राभेलको योजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवालसहितका कर्मचारीपविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



    सिम्रौनगढ नगरपालिका-९, बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरेर ग्राभेल गर्ने काममा उपभोक्ता समितिसँगको सम्झौता शर्तविपरीत नभएको काम भएको भनेर झुटा बिल भरपाईका आधारमा १० लाख ८ हजार ९६५ रुपैयाँ भुक्तानी गरेको अख्तियारको दाबी छ ।



    उक्त मुद्दामा तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवालसँगै लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर अजित कुमार गुप्ता, असिस्टेन्ट सब इन्जिनियर दिनेश कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारको भनाइ छ ।

    अख्तियारले उनीहरुसँग १० लाख ८ हजार ९६५ रुपैयाँ बिगो माग गरेको छ ।

    त्यस्तै अख्तियारले तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद कानु, उपभोक्ता समितिका अध्यक्ष दिनेशप्रसाद यादव, सचिव वैद्यनाथ प्रसाद यादव र कोषाध्यक्ष गीताकुमारी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार