Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने

    नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 765
    SHARES

    काठमाडौं । सरकारले संसद्‍मा सार्वजनिक गर्ने नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने भएका छन् ।

    संसद्‍ सचिवालयका अनुसार शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति पौडेलले नै वाचन गर्ने भएका हुन् ।



    राष्ट्रपति पौडेलको स्वास्थ्य समस्याका कारण जेठ ५ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्न लागिएको नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गर्न सुरु गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सक्ने तयारी गरिएको थियो ।



    बुधबार राष्ट्रपति कार्यालयबाट संसद्‍ सचिवालयमा पठाइएको पत्रमा राष्ट्रपति स्वयंले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ ।

    प्रतिनिधिसभा तथा राष्ट्रिय सभा नियमावली अनुसार सरकारको नीति तथा कार्यक्रम सदनमा राष्ट्रपतिले नै पढ्नुपर्ने प्रावधान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार