Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोखरी ठेक्का लगाउँदा लाखौँ भ्रष्टाचार, प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी,निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल र लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेएको हो ।

उनीहरुले देवापुरमा पोखरी ठेक्का लगाउँदा ७ वटा फर्मको ठेक्का परेकोमा सम्झौता नगरी धरौटी फिर्ता गरेकका थिए ।

सिम्रौनगढ नगरपालिकाबाट देवापुर माछा पोखरी ठेक्कामा ७ वटा फर्मले टेन्डर फर्म भरेकोमा उक्त ठेक्काको सम्झौता नभईकन ठेक्कामा कबोल गर्ने फर्मको धरौटी फिर्ता गर्न गरी भ्रष्टाचार भएको पाइएको अख्तियारको भनाइ छ ।

अख्तियारका अनुसार गोश्वारा भौचर सदर गरी धरौटीबापत ९ लाख २२हजार ५०० सम्झौता हुनु अगाडि नै फिर्ता गरी सिम्रौनगढ नगरपालिकालाई हानिनोक्सानी पुर्‍याएकोर उक्त रकम बिगो कायम गरी गरिएको छ ।

त्यस्तै नगर कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालले पुनस् देवापुर पोखरी ठेक्काको सूचना प्रकाशन गरेर न्यूनतम कबोल अङ्क आफुखुसी रुपमा घटाई नगरपालिकालाई हानि पुगाएकोको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

जयसवालविरुद्ध अख्तियारले राजस्व चुहावट गरेको भन्दै ९ लाख ९५ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077