Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयले गर्‍यो दर्जन जिल्लाका सिडिओको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ) को सरुवा तथा पदस्थापना गरेको छ।

मन्त्रालयले कास्की, धादिङ, ललितपुर लगायतका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरु परिवर्तन गरेको हो।

ललितपुरमा गृह मन्त्रालयका अधिकारी रुद्रप्रसाद पण्डितलाई सरुवा गरिएको छ। उनी यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा कार्यरत थिए।

ललितपुरका सिडिओ रहेका जय नारायण आचार्यलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा सहसचिव झक्क प्रसाद आचार्यलाई तानिएको छ ।

त्यस्तै, कास्कीमा वासुदेव घिमिरेको सरुवा भएको छ । सहसचिव बद्रि नाथ गैरैलाई धादिङ, शिवराराम न्यौपानेलाई अछाम, कमलराज ढकाललाई अर्घाखाँची, टेकबहादुर केसीलाई गुल्मीको सिडिओमा पठाइएको छ।

माधव प्रसाद शर्मालाई रुकुम पूर्व, गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेललाई तेह्रथुम, इलाका प्रशासन कार्यालय बाराका मोहन प्रसाद अर्याललाई बर्दियामा सरुवा गरिएको छ ।

त्यस्तै, अध्यागमन विभागका तुलाराज सुनुवारलाई सुर्खेत पुर्‍याइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077