Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीपको ठक्करबाट दुई बर्षीय बालकको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौँडामा जीपको ठक्करबाट आज एक बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा सिमलटारका दुई वर्षीय समर लोको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिका–११, सिमलटारबाट हेटौँडातर्फ आइरहेको वाग्मती प्रदेश०३–००१च १५९७ नम्बरको जीपले ठक्कर दिँदा दुर्घटमा भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

जीप चालकलाई भने प्रहरीले नियन्त्रमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077