Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माधव नेपाल र प्रकाण्डबीच आलोकनगरमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ ।

मंगलबार नेकपा एसको कार्यालय आलोकनगरमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा समाजवादी मोर्चा गठन, नक्कली भुटानी शरणार्थी प्रकरण र समसामयिक राजनितिक विषयमा केन्द्रित भएको बताइएको छ ।

माओवादी, नेकपा एस, जसपा र विप्लव माओवादीसहितको समाजवादी मोर्चा बनाएर कम्युनिष्ट विचारधारा शक्ति एकजुट हुनुपर्ने विषयमा दुईजनाबीच कुराकानी भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077