Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ, कुनै कर्मचारीले पैसा मागे मलाई फोन गर्नुस् : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले कुनै पनि कर्मचारीले पैसा (घूस) मागेमा प्रमाणसहित आफू कहाँ आउन आह्वान गरेका छन् ।

आफू भ्रष्टाचार भएको हेर्न नसक्ने भन्दै मेयर बालेनले सोमबार राति सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन् । कसैले बिना प्रमाण यसले यति भ्रष्टाचार गर्‍यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाएर आउन उनको आग्रह गरे ।

उनले लेखेका छन्, ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ, हाम्रो अधिकार क्षेत्र काठमाडौँ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित ।’

उनले उजुरीका लागि फोन नम्बर पनि सार्वजनिक गरेका छन् । उजुरीकर्ताले ह्वाट्सएपमार्फत ९८६३५९२०११ नम्बरमा प्रमाण सहित उजुरी दिन सकिने उनको भनाइ छ । उनले यो मोबाइल आफूले मात्र बोक्ने भएकाले उजुरी पठाउनेको नाम गोप्य राखिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077