Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'नमस्ते पे' को क्युआर कोडमार्फत सहजै बिल भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले 'नमस्ते पे' को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ।

कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआरमार्फत भुक्तानीको सुविधा सञ्चालनमा ल्याएको हो।

नेपाल टेलिकम, सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रमकाबीच सोमबार सो सेवा सुरू गरिएको टेलिकमले बताएको छ।

नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाडौं, वागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सिइओ प्रवीणराज पोखरेलले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरे। सो अवसरमा निर्देशक प्रधानले क्युआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गरे।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सिइओ प्रवीणराज पोखरेलले आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने बताए।

हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पे को क्युआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिने छ। यो सेवालाई आगामी दिनमा अन्य कार्यालयहरूमा समेत विस्तार गरिने बताइएको छ।

कम्पनीका नयाँ र विद्यमान दुवै प्रयोगकर्ताहरूले क्युआरमार्फत भुक्तानी गरे बापत आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था समेत गरिएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ुनमस्ते पेु सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077