Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद श्रेष्ठले भनिन्- मर्यादा पहिरनमा होईन जिम्मेवारी र जवाफदेहितामा खोज्नौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मर्यादा पहिरनमा भन्दा पनि जिम्मेवारी र जवाफदेहितामा खोज्न आवश्यक रहेको बताएकी छन् ।

आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले यस्तो धारणा राखेकी हुन् ।

आफूलाई बच्चाको लेवल लगाइएको र टिसर्ट र जिन्स पाइन्ट लगाउँदा अमर्यादित भनेर खिल्ली उडाउने काम भएको भन्दै आपत्ति जनाईन् ।

उनले भनिन् ‘बच्चा भनेर लेवल लगाएका र टिसर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उठाएका सबैलाई विश्वस्त पार्न चाहन्छु । पहिरनमा होइन, कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर जवाफदेहिताको प्रष्ट प्रश्न सोधेर अगाडि बढेका नयाँ पुस्तामाथि यो रणनीतिक हमला हो ।

आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुख देवराज घिमिरेले सांसदहरुले लगाउने पोशाक तोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077