Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रास्वपा सांसद मनिष झाको प्रश्न – भ्रष्टाचार आरोपीलाई प्रमाण नष्ट गर्ने सुविधा कस्ले दियो ?

    रास्वपा सांसद मनिष झाको प्रश्न – भ्रष्टाचार आरोपीलाई प्रमाण नष्ट गर्ने सुविधा कस्ले दियो ?

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 531
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई प्रभाव पार्ने व्यवहार र वातावरण हुन नहुने बताएका छन् ।

    प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद झाले यस्तो बताएका हुन् ।



    प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले तारन्तर भेटिरहेको भन्दै उनले यसमा पनि प्रश्न उठाए ।



    सांसद झाले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरूलाई प्रमाण नष्ट गर्ने भाग्ने सुविधा दिने नियतले किस्तामा नाम सार्वजनिक गरिएको आशंका गरे।

    उनले आरोपीहरूले मोबाइल फर्म्याट गर्ने, लुक्ने र आफ्नो सुविधाअनुसार सार्वजनिक हुने मौका पाएको भन्दै आश्चर्य व्यक्त गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार