Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर साम्पाङविरुद्ध पत्रकारहरूको मौन आन्दोलन

विराटनगर । सुनसरीका पत्रकारले मौन जुलस प्रदर्शन गरेका छन्।

धरानका मेयर हर्क साम्पाङले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

पछिल्लो केही दिनदेखि यता मेयर साम्पाङले प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारितालाई अमर्यादित भाषामा गाली गलौच गर्न नरोकिएपछि पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन्।

नेपाल पत्रकार महासंघ सुनसरीले प्रेस प्ले कार्ड छातीमा भिरेर पत्रकारहरूको भानु चोकबाट मौन जुलुस निकालेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाए पनि पत्रकारहरूलाई पटकपटक गालीगलौज गरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077