Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणीमा डुंगा डुब्दा निगुरो टिप्न गएका श्रीमान्–श्रीमतीको मृत्यु

काठमाडौं । नारायणी नदीमा डुंगा डुबेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२ स्थित नारायणी नदीमा डुबेर दम्पतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मध्यविन्दु–२ का ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती ४५ वर्षीया बगरी बोटे रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

बोटे दम्पती डुंगा चढेर निगुरो टिप्न नारायणी पारी गएका थिए । पारी नपुग्दै डुंगा डुब्दा दुवै जना नदीमा बेपत्ता भएका थिए । बेपत्ता दुवैको शव फेला परेको छ।

मृतक दुवै को शव परीक्षणका लागि जिल्ला अस्पताल मध्यविन्दुमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077