Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वगृहमन्त्री बालकृष्ण खाँणले भने - नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

काठमाडौं। पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

म्याद थपका लागि अदालत लगिएका बेला सरकारी वकिल कार्यालयबाट निस्किदै गर्द खाँणले यस्तो बताएका हुन् ।

कांग्रेस नेता खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे ।

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणलाई आइतबार प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । खाँणलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077