Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेतृ आरजुले भनिन् - छोरा जयविरको कसम, शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले कसैको एक पैसा पनि नखाएको बताएकी छिन् ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा सांसदसमेत रहेकी डा. आरजुले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि यस्तो बताएकी हुन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफलेू कसैको एक पैसा पनि नखाएको बताइन् । 'म मेरो छोरो जयविरको कसम खाएर भन्छु भुटानी शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन्,' उनले भनिन् ।

दुई करोड आएको भन्ने अडिओ फेक भएको समेत उनले बताइन् । उनले भनिन्, 'यो अनुसन्धान नेपाल प्रहरीले मात्रै गरेको छैन् । टेकनाराण पाण्डेलाई भेट्न गएको पनि छैन् ।'

यस्तै भ्रष्ट्राचार गर्नु आमाको रगत खानु सरह भएको सांसद राणाको भनाई छ । साथै उनले देश कर्मचारी तन्त्रका कारण विकास नभएको समेत बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077