Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल क्रिकेटमा लखनउको सानदार जित, चौथो स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ ।

हैदराबादले दिएको १८३ रनको लक्ष्य लखनउले ४ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो । यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेट गुमाएर १८२ बनायो ।

जितसँगै लखनउ १३ अङ्कसहित चौथो स्थानमा पुगेको छ । ८ अङ्क रहेको हैदराबाद पुछारबाट दोस्रो स्थानमा छ ।

आजको जितसँगै लखनउले प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको छ । हैदराबादको सम्भावना कम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077