Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाले भन्यो - यौन काण्डमा पक्राउ परेका राईको पार्टीसँग कुनै सम्बन्ध छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

शुक्रबार साँझ रास्वपाले एक विज्ञप्ति जारी गर्दै किशोरकिशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका राईसँग कुनै सम्बन्ध नभएको बताएको हो ।

पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषि विज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो पार्टीले भदौ ११, २०७९ मा खुलामञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रूपमा स्थान दिइएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रूपमा निम्ता गरिनु तत्कालीन अवस्थामा अस्वाभाविक थिएन। सो कार्यक्रमपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराउँछौं ।'

साथै, राईले किशोरकिशोरीसँग गरेको दुर्व्यवहार निन्दनीय छ । उनलाई कानुनबमोजिम कारबाही हुनुपर्छ भन्नेमा रास्वपा स्पष्ट भएको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077