Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मौद्रिक नीति समीक्षा : राष्ट्र बैंकले १ प्रतिशत घटायो बैंकदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशत घटाएको छ ।

शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको हो ।

दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिएको छ ।

यस्तै, अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी कर्जाको पुन:तालिकीकरण र पुनः संरचना गर्ने व्यवस्था गरेको छ ।

यो सुविधा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रका कम्पनीले मात्रै पाउने छन् । अन्य क्षेत्रको कर्जाको लागि भने ५ करोडसम्मको कर्जाले यस्तो सुविधा पाउने छन् ।

मौन्द्रिक नीतिले सेयर कर्जा र धितो भने यथावत् नै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077