Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वगृहमन्त्री खाँणको मोबाइल पनि 'फर्म्याट', रिकभर गरिँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणको मोबाइल रिकभरका लागि मोबाइल प्रयोगशालामा पठाइएको छ ।

प्रहरी स्रोतका अनुसार खाँण पक्राउसँगै बरामद भएको मोबाइल फर्म्याट गरेको पाइएपछि रिकभरका लागि प्रयोगशालामा पठाइएको हो ।

उनले को कोसँग कुराकानी गरेका थिए भनेर अनुसन्धान गर्नका लागि प्रहरीले मोबाइलको डिटेल हेर्न लागेको हो । पक्राउ परेका सचिव टेकनारायण पाण्डेले ह्वाट्सएपमा गरेको कुराकानी देखिएको तर खाँणको मोबाइलमा नदेखिएपछि उनको पनि मोबाइल फर्म्याट भएको खुलेको छ ।

यस्तै २० वैशाखमा पक्राउ परेका गृह मन्त्रालयका पूर्वसचिव टेकनाराण पाण्डेले तथ्य खुल्ने डरले मोबाइल ‘फर्म्याट’ गरेका थिए । पछि प्रहरीले उनको मोबाइलको ‘डेटा रिकभर’ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077