Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एकदिवसीय विश्वकप छनोटअघि क्रिकेट टोली अभ्यासका लागि दक्षिण अफ्रिका जाने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी महिना जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटअघि अभ्यास खेल्न खेलाडीलाई दक्षिण अफ्रिका पठाउने भएको छ।

क्यानका एक पदाधिकारीका अनुसार नेपाली टोली दक्षिण अफ्रिका जाने तय भईसकेको छ ।

विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म आयोजना हुनेछ ।

सुपर लिगमा सहभागी रहेका श्रीलंका,वेस्ट इन्डिज,जिम्बावे र नेदरल्यान्ड्सले यस अघि नै विश्वकप छनोट खेल्ने पक्का भईसकेको छ । त्यसमा अब आयरल्यान्ड पनि थपिएको छ ।

१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भईसकेका छन् । यसमा अब दक्षिण अफ्रिका थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077