Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जब पूर्वगृहमन्त्री खाँणले सरकारी वकिल कार्यालयमा भने - प्रधानमन्त्रीको नाम पनि नोट गर्नुस्

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसकानेता बालकृष्ण खाँणले कसैलाई पनि अमेरिका नपठाइएको बताएका छन् ।

म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुर्‍याइएका उनले यस्तो बताएका हुन् । सरकारी वकिल कार्यालयमा अनुसन्धान अधिकारीले यो–यो कारणले उहाँलाई पक्राउ गर्नु परेको र हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाउँ भन्दै म्याद मागेका थिए ।

त्यसपछि खाणले पनि म पनि मेरा केही कुरा राख्छु भन्दै बोल्न थाले । ‘नक्कली शरणार्थी बनाएर कसैलाई पनि अमेरिका पठाइएको छैन। कोही पनि अमेरिका नगएको घटनामा कसरी ठगी भयो ? उनले प्रश्न गर्दै भने ।’ त्यसपछि पीडितले पनि त्यहाँ कुरा राखे । पीडितलाई सोधियो–‘तपाईंहरुले कसलाई पैसा दिएको हो ?’ पीडितले विचौलियाको नाम दिएका थिए ।

‘तर विचौलियाहरुले हामीलाई मन्त्री, प्रधानमन्त्रीसम्म सबै मिलाइसकेका छौं भन्थे’ पीडितले भने। त्यसपछि खाणले हौसिदै भने, ‘सुन्नुभयो, प्रधानमन्त्री रे।’ ‘नोट गर्नुस्, नोट गर्नुस् प्रधानमन्त्री रे,’ खाणले भने । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म प्रहरीले खाँणसहित १२ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077