Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठकमा उठ्यो पूर्वगृहमन्त्री खाँणलाई निलम्बन गर्नुपर्ने माग

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको छ ।

बुधबार खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई बोलाएको बैठकमा खाँणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने आवाज उठेको हो ।

छलफलका क्रममा अनुसन्धानका लागि हिरासतमा लिइएका केन्द्रीय सदस्य खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने विषय उठेको बताइएको छ ।

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाण पक्राउ परिसेको अवस्थामा पार्टीले निलम्बन गरेर जानुपर्ने अडान राखेका थिए ।

देउवा निवास धुम्बाराहीमा आज अपराह्न ५ बजेदेखि ८ बजेसम्म चलेको छलफलमा खाँणले अनुसन्धानलाई सहयोग गरिरहेकोले उनीबारे थप निर्णय अनुसन्धान परिपक्क भएपछि गर्ने समझदारीसमेत बनेको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्रीसमेत रहेका खाँण आज बिहान घरबाटै पक्राउ परेका थिए । उनलाई ४ दिन म्याद थपेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077