Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • सिंचाइ कार्यालय बुटवलका प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    सिंचाइ कार्यालय बुटवलका प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 735
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय बुटबलका तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    बुटबलमा भूमिगत जलस्रोत र सिंचाइको निर्माणसम्बन्धी ठेक्कामा कामै नगरी रकम भुक्तानी दिएको भन्दै अख्तियारले तीन कर्मचारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको हो ।



    अख्तियारले भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, इञ्जिनियर सन्तोषकुमार दास र लेखापाल नेत्रप्रसाद मरासिनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।



    अख्तियारले भोलेबाबा कन्स्ट्रक्सन, त्यसका ठेकेदार सुक बहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराई विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    पम्पहाउस, स्टोरेज ट्यांकी र वितरण प्रणाली निर्माणको ठेक्कामा हुँदै नभएको काम भएको भनी रकम भुक्तानी दिएर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

    अख्तियारका अनुसार कार्यालय प्रमुख श्रेष्ठ, इञ्जिनियर दास र लेखा प्रमुख नेत्रप्रसाद मरासिनी, माथि ५३ लाख ७५ हजार बिगो मागदावी गरीएको छ ।

    निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिलाई भने अख्तियारले ६३ लाख ७ हजार रुपैयाँ बिगो मागदाबी गरी मुद्दा चलाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार