Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१७.९ प्रतिशतले बढ्यो विदेशी मुद्राको सञ्चिती

काठमाडौं । देशको भण्डारमा विदेशी मुद्राको सञ्चितीमा समेत व्यापक सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकले ९ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै १७.९ प्रतिशतले विदेशी मुद्राको सञ्चिती बढेको हो ।

गत असारको तुलनामा विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड बराबर रहेको सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तमा १४३३ अर्ब ७३ करोड पुगेको छ।

यस्तै, २०७९ असार मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४।८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा चैत मसान्तमा २०।६ प्रतिशतले वृद्धि भई रु।१२७३ अर्ब ९९ करोड पुगेको छ।

यो रकमले ११ महिनाको आयात धान्न सक्ने समेत राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077