Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भुटानी शरणार्थीको अनुसन्धानबारे संसद्‍मा जानकारी गराईयोस् : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली शरणार्थी प्रकरणमा सरकारले हालसम्म गरेको काम कारबाहीबारे जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त प्रकरणबारे सदनलाई जानकारी गराउनुपर्ने भन्दै सरकारको नाममा रुलिङ जारी गर्न माग गरेका हुन् ।

यो प्रकरण भ्रष्टाचारको विषयमा मात्र नभई ठगी, राज्यविरुद्धको अपराध, सङ्गठित अपराध र सरकारी कागज किर्ते सम्बन्धी जघन्य अपराध भएको भन्दै दोषी जोगाउने काम नगर्न सरकारलाई खबरदारी गरे ।

उनले भने, ‘यो प्रकरणमा संलग्नलाई छुट दिने त कुरै नगरौं कुनै पनि बहानामा कमजोर बनाउने र उन्मुक्ति दिने काम सरकारले गर्न हुँदैन ।’

उनले उक्त ठगी प्रकरणमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077