Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका खाँणसँगै उनका स्वकीय सचिव केसी बुधबार पक्राउ परेका हुन् ।

खाँणलाई आज बिहान उनकै निवासबाट पक्राउ गरिएको थियो ।

केसीलाई जडिबुटीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसअघि उक्त मंगलबारसम्म उक्त प्रकरणमा ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077