Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लचिलो र विस्तारकारी मौद्रिक नीतिको दबाबमा राष्ट्र बैंक

काठमाडौं । मौद्रिक नीतिको त्रैमासिक समीक्षाको मिति नजिकिएसँगै नेपाल राष्ट्र बैंकलाई लचिलो र विस्तारकारी नीति अघि बढाउन दबाब थपिएको छ ।

चालू आर्थिक वर्ष (आव) मा लिइएको कसिलो नीतिले अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाब कम गराए पनि बैंकहरूको कर्जा प्रवाह, आयातनिर्यात, सरकारी राजस्व घट्नुका साथै आर्थिक गतिविधि सुस्त भएपछि पुनर्विचार गर्न केन्द्रीय बैंकलाई दबाब बढेको हो ।

सरकारका अधिकारी र निजीक्षेत्रका उद्योगी व्यवसायीले औपचारिक र अनौपचारिक माध्यमबाट मौद्रिक नीतिको कार्यदिशा परिवर्तन गर्न गभर्नर महाप्रसाद अधिकारीमाथि दबाब बढाएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले गरेको कार्यक्रममै अर्थतन्त्रमा देखिएका समस्या वित्त नीतिले भन्दा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्र बैंकलाई दबाब दिएका थिए । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077