Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वायुसेवा निगमको आग्रह - जापान जाँदा भरपर्दो कागजात बोकेर मात्र जानू

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंबाट जापान जाने यात्रुहरुले आफ्नो उद्देश्य स्पष्ट र भरपर्दो पुष्ट्याइ हुने कागजात बोकेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै वायुसेवा निगमले यात्राको उद्देश्य स्पष्ट नभएको लगायतका कारण जापान पुगिसकेपछि अध्यागमनले रोक लगाउने गरेको पाइएको भन्दै यात्राअघि नै सचेत रहन आग्रह गरेको हो ।

पछिल्लो समय काठमाडौंबाट जापान जाने यात्रुहरुको ‘यात्राको उद्देश्य (परपोज अफ ट्राभल) स्पष्ट नभएको’ लगायत अन्य विविध कारण जनाई जापान पुगिसकेपछि त्यहाँको अध्यागमनले जापान प्रवेश निषेध गर्ने गरेको पाइएको भन्दै एयरलाइन्सले यस्तो अनुरोध गरेको हो ।

अन्यथा यसबाट पर्न जाने अध्यागमनको जरीवाना र अन्य खर्चहरु प्रति सम्बन्धीत ट्राभल एजेन्सी र स्वयम् यात्रु नै जिम्मेवार रहने सूचनामा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077