Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२, डोडेनीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा सोही गाउँपालिकाका ३० बर्षीया पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रहरीका अनुसार दुई घाइतेको धुलिखेल र दुईजनाको मेलम्चीस्थित नगर अस्पतालमा उपचार भइरहेको छ ।

गए राति करिब साढे ९ बजे बा ४ ख ५३८२ नम्बरको मिनिट्रक सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो ।

दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077