काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सफल भएको छ ।
अहिलेको खाली समयको सदुपयोग गरी लामिछानेले शरीरमा रहेका ६ वटा लाईपोमाहरूको आज सर्जरी गरेका हुन् ।
उनको सर्जरी नेपाल नेशनल अस्पतालमा गरिएको बताइएको छ । लामिछानेले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिँदै लामो समयपछि शल्यक्रिया सफल भएको र छिट्टै खेलमा फर्किने जानकारी दिए ।
उनले शल्यक्रियामा संलग्न चिकित्सकलाई धन्यवाद पनि दिएका छन् । पूर्वकप्तानसमेत रहेका लामिछानेले आइसीसी क्रिकेट लिग २ र एसीसी प्रमियर कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।