Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान मिचेर कुनै पनि कदम नचाल्ने राष्ट्रपति पौडेलको प्रतिवद्धता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफूले संविधान मिचेर कुनै पनि कदम नचाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सोमबार नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियसनका पदाधिकारीहरूसँग भेटघाटमा राष्ट्रपति पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्ने बताए ।

राष्ट्रपति पौडेलले आफूले संविधानलाई जबर्जस्ती व्याख्या नगर्ने बताएको नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले आइतबार राष्ट्रपति पौडेललाई भेटेर नागरिकता विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेका थिए । प्रधानमन्त्रीले भेटेर फर्केलगत्तै राष्ट्रपति पौडेलले कानुनी परामर्श थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077