Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घुससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध विषेश अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध विषेश अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

१५ हजार रूपैयाँ घुससहित पक्राउ परेका कास्कीको पोखरा महानगरपालिका वडा नं. २८ मा कार्यरत सव–इन्जिनियर प्रविन विकविरुद्ध सोमवार अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी निवेदनका आधारमा विक पक्राउ परेका थिए ।

आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको पन्ध्र हजार रुपैयाँ घुससहित गत चैत ३ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077