Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले ट्रेजरी बिल बोलकबोल मार्फत १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

यसका लागि राष्ट्र बैंकले विभिन्न अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत १२ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्न लागेको हो ।

राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सोमबार ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । जसमध्ये १८ अर्ब १८ करोड नवीकरणका लागि बोलकबोल हुनेछ भने १२ अर्ब रुपैयाँ नयाँ ऋण परिचालन गर्न बोलकबोल हुन लागेको हो ।

२८ दिन अवधिको ३ अर्ब,९१ दिन अवधिको ७ अर्ब १० करोड, १८२ दिन अवधिको ६ अर्ब र ३६४ दिन अवधिको २ अर्ब ८ करोड बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै ९१ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल मार्फत ५ अर्ब, १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ३ अर्ब र ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ४ अर्ब गरी १२ अर्ब आन्तरिक ऋण परिचालन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077